१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले साथ दिए सिनेमा रिलिज हुन्छन् : अध्यक्ष अधिकारी



अ+ अ-

काठमाडौं । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभएको छ । 

कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले  बताउनुभएको छ । मंगलबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँग कुरा गर्दै अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताउनुभएको हो । सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो । ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलिचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उहाँको भनाई छ । सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमाहरुलाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैं सम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।  

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रतक्ष रुपमा ३० देखि ३२ हजार र अप्रतक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएको अधिकारीले बतानुभयो । उहाँले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताउनुभयो । कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेटन नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्याहरु समाधान भएको उहाँले बताउनुभयो । सरकारले पुनरकर्जा सुविधा दिएपनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफुहरुले पुनरउत्थानको माग गरेको स्पस्ट पार्नुभयो । पुनरउत्थान कोष निर्माण गरेमा सतहमा पुगेको चलचित्र क्षेत्रलाई माथि उठाउन सकिने तर त्यसलाई मौद्रिक नीतिले समेत सम्बोधन गर्न नसकेको अधिकारीले बताउनुभयो ।

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अधिकारीका अनुसार चैत देखि जेठ सम्म पदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताउनुभयो । यी सहित लकडाउन खुल्नासाथ छायांकनमा जान तयार रहेका सिनेमा गरी कुल ७५ वटा सिनेमाको काम रोकिएको अधिकारीले बताउनुभयो ।