३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर एकको मृत्यु



अ+ अ-

बागलुङ। बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका-१ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो ।

आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

घर्ती भिरबाट एक सय मिटर तल खस्नुभएको थियो । उहाँले भन्नुभयो, “घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो । रासस