१७ भाद्र २०८३, बुधबार
,
Latest
इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरमा नगर प्रहरी र कर्मचारीबीच लफडा हुँदा कहाँ थिए बालेन ?



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले आज कार्यालय पुगेर हाजिर गरेका छन् ।

गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भयो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगे ।

मेयर बालेन साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराए ।

यस्तो परिदृश्यमा महानगका मेयर शाह कहाँ छन् भनेर सबैलाई चासो लाग्नु स्वभाविक हो । शाह अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले अनौपचारिक बैठक राखिन् ।

उनी त्यसबेला महानगरको कार्यालयमै थिएनन् । उनी काभ्रेको पाँचखालमा रहेको खुलेको छ । कार्यालयमा तनावको स्थिती रहँदा मेयर शाह भने पाँचखालको एउटा रेस्टुरेन्टमा लस्सी खाइरहेका थिए ।

उक्त रेस्टुरेन्टकी सञ्चालकले बालेनसँग खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा ।’

बालेन आफ्नो केही सहयोगी लिएर हिजो नै काभ्रे गएको बताइएको छ ।