६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ



अ+ अ-

एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताउनुभएको छ । कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक निर्देशक ह्विटलले बुधबार गाजामा ‘रगत, पीडा र मृत्युको अनन्त चक्र’ चलिरहेको बताउनुभएको छ ।

ह्विटलले संयुक्त राष्ट्र परिसरमा नै ट्याङ्कमा आगलागी हुदाँ आफ्ना सहकर्मीको मृत्यु भएको तथा अन्य गम्भीर घाइते भएको बताउनुभएको थियो । उहाँले चरम द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सहायता र अस्पतालहरू प्रभावित भएको बताउनुभएको छ ।

मानवीयताका आधारमा सहयोग गरिएका गाडीहरूमा द्वन्द्वमा मारिएका मानिसहरु बोक्न प्रयोग गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै खाद्यान्न वितरण स्थलमा बम प्रहार गरि सहायता कर्मीहरूको हत्या हुनु निन्दनीय भएको उहाँले बताउनुभएको छ ।

युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुदाँ पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएको ह्विटलले बताउनुभएको छ ।

गाजामा बढ्दो युद्व चक्रबाट मानिसहरूको निरन्तर मृत्यु भएकोमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘युद्धविराम पछि मानिसको हत्या भएको घटनाको निन्दा गर्नु भएको’ उहाँका प्रवक्ता स्टेफन डुजारिकले बताउनुभएको छ ।

“मार्च २३ मा इजरायली सेनाले गरेको आक्रमणका कारण १५ जना मेडिकल कर्मचारी तथा मानवतावादीको मृत्युबाट महासचिव गुटेर्रेस स्तब्ध भएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार गुटेर्रेसले युद्धविराम, तत्काल बन्धकहरूको बिना शर्त रिहाइ र गाजामा निर्बाध मानवीय पहुँचको लागि आह्वान गर्नुभएको छ ।