२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन गरेका छन् ।

वडाध्यक्षहरु र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई हाजिर गराउने तयारीस्वरुप कमलादीस्थित महानगरपालिकाको कार्यालयमा जम्मा भएपछि मेयर बालेनले नगर प्रहरी परिचालन गरेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउनैपर्ने बताए । ५ महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएकोले प्रशासकीय अधिकृत हाजिर हुनुपर्ने उनले बताए ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।

मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका थिए । तर, जवाफमा मन्त्रालयले उनैलाई निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।