२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार कञ्चन पुडासैनीलाई ‘दर्शना स्रस्टा सम्मान—२०८१’ प्रदान गरिने



अ+ अ-

काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा रहेको दर्शना स्कुलले मदन पुरस्कार विजेता साहित्यकार कञ्चन पुडासैनीलाई यो वर्षको दर्शना स्रस्टा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्रस्टा सम्मान समितिका अध्यक्ष रञ्जन न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले ‘प्रत्यागमन’ खण्डकाव्यका लागि २०४१ सालको मदन पुरस्कार विजेता कञ्चन पुडासैनीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

२५ हजार नगद राशी तथा ताम्रपत्र सहितको सो सम्मान विद्यालयले यही चैत २३ गते विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा साहित्यकार पुडासैनीलाई प्रदान गरिने विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताउनुभयो ।

स्रस्टाहरुप्रतिको सम्मानका लागि विद्यालयले स्रस्टा सम्मान गर्ने गरेको प्रिन्सिपल मगरले बताउनुभयो ।

दर्शना स्रस्टा सम्मान पहिलोपटक २०७५ सालमा राष्ट्रगानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ र दोस्रोपटक साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाललाई प्रदान गरिएको थियो ।