२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’



अ+ अ-

बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । बागलुङमा आज आयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उहाँले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उहाँको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विदेशी धार्मिक पर्यटक यहाँ आउँछन्, उनीहरूलाई धेरै दिन यस क्षेत्रमा टिकाउनका लागि अझै धेरै पूर्वाधार निर्माण गर्न जरूरी छ, सीमित स्रोत साधानका कारण एकै पटक धेरै काम गर्न सकिएको छैन, यद्यपि क्रमिक रूपमा गर्दै जाने छौँ ।”

मुख्यमन्त्री पाण्डेलले नेपाल, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देशमा धार्मिक सहिष्णुता विथोल्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समय अराजकता मौलाउँदै गएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न जरूरी रहेको उहाँको भनाइ छ । रासस