२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाले अस्तिरता मच्चाए : महासचिव पोखरेल



file
अ+ अ-

सुनसरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ ।

एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाउनुभएको हो ।

गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “गणतन्त्र सजिलै ढल्दैन, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन सक्दैन ।” उहाँले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन ।

महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उहाँ नै मुख्य जिम्मेवार भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वराजा अस्तिरताको कारण हुन्, उहाँले सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौता विपरीत गतिविधि गरेका छन् । रासस