२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउडी भञ्जाङबाट लडेर एकको मृत्यु



अ+ अ-

बागमती। मकवानपुरको बागमती गाउँपालिका–८ स्थित भुवनचुलि देउडी भञ्जाङबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।

देउडी भज्याङबाट करिब ५० मिटर मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा  लडेर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी निवासी ३८ वर्षीय मिलन दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटना शङ्कास्पद देखिएकाले सोधपुछ तथा अनुसन्धानको लागि सात जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस