२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा



अ+ अ-

धरान। कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को रु १५ लाख खर्च भएको थियो ।

यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट रु ३७ हजार तथा अन्य दाताबाट रु ३० हजार जुटेको थियो । नगद पुरस्कारमा रु सात लाख ६५ हजार, पहाडी जिल्लाका क्लबलाई तयारी खर्चवापत रु चार लाख २० हजार, तराईका जिल्लालाई विशेष तयारीवापत रु दुई लाख तथा रेफ्रिलगायतमा रु तीन लाख ५० हजार खर्च भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो ।

कोशी प्रदेश प्रिमियर लिग गत माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन भएको थियो । लिगमा कोशी प्रदेशका ११ क्लबको सहभागिता रहेको थियो । रासस