३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली सेनाको टोली भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दार कार्यको लागि म्यानमार प्रस्थान गरेको छ ।

विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर सेनाको टोलि म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती टिम र ६ जना क्रु मेम्बरसहित २२ सदस्यीय टोलि नेपाली सेनाको विमानमार्फत म्यानमारतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाको टोलिले एक साता त्यहीँ रहेर भूकम्पमा परी घाइतेहरुको स्वास्थ्य उपचारमा खटिनेछ ।

मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले राहत सामग्री तथा औषधि र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको थियो ।

गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भूकम्पमा परी अहिले सम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते छन् ।