१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएः गृहमन्त्री लेखक

राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्न्ेहरुले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताउनु भयो । उहाँले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताउनु भयो । उहाँले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र ।’

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गर्नुभयो ।