१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल

राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउनुभएको हो । राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उहाँको भनाइ छ । उहाँले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रवार सडकमा देखिएको टिप्पणी गर्नुभयो ।

उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताउनु भयो । उहाँले गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाप्त भएको राजतन्त्र जसरि आज शिर उठाउने कोशिस गर्दैछ यो वास्तवमा शमसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिस जस्तै हो । नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन । नेपालमा राजतन्त्र कहिल्लै पनि शासनसत्तामा आउन सक्दैन । यो कुरामा हामीले कुनैपनि दुविधा राख्नु हुँदैन । जहाँसम्म राजतन्त्रवादीहरुको कुरा छ । राजतन्त्रका हिमायतीहरुको कुरा छ । उनीहरुको वास्तविक चरित्र के हो २ दिन अघिको घटनामा प्रकट भएको छ । राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ ।

राजतन्त्रवादीहरु हिंसाका पक्षमा छन्, आतंकको पक्षमा छन्, राजतन्त्रवादीहरु लुटपाटको पक्षमा छन् र राजतन्त्रवादीहरु नागरिकको मौलिक हकको विरुद्धमा छन् भन्ने देखिएको छ । त्यसकारण ले नेपाली जनता लुटतन्त्रको पक्षमा, हिंसाको पक्षमा, अधिनायकवादको पक्षमा कहिले पनि हुन सक्दैनन् भन्ने छर्लङ्ग छ । अहिले राजनीतिक दलहरुलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर लग्ने अभिभारा छ ।’

दलहरुले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको समेत बताउनु भयो ।