१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुखले थाले छलफल



photo: rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि आजै विहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेन ।

त्यसपछि १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बैठक सुचारु हुन सकेन ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थाल्नुभएको छ ।