१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा ८ महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ



अ+ अ-

पर्सा ।  पर्सामा ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । नयाँ थपिएका संक्रमित मध्ये बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय बताए । संक्रमित मध्ये एक जना सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । यस्तै मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायका अनुसार पैसा तिरेर स्वयं परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ । 

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।