१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार ३७८ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा ६२ जना



अ+ अ-

काठमाडौं। शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

गत २४ घण्टामा ४ सय ९९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमित ६ हजार २ सय ६ जना छन ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा कुल ६२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनालाई जितेर हालसम्म १६ हजार ३ सय १३ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७०.८ प्रतिशत रहेको छ ।

क्वारेन्टाइनमा १० हजार ७ सय ९२ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

नेपालमा ४ लाख १२ हजार ९ सय ७३ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । 

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।