१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाले दियाे नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर



अ+ अ-

काठमाडाैंः भारतीय सेनाले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार बिहान भारतीय सेनाले सहयोग स्वरुप दिएको भेन्टिलेटर लगायत सामग्रीहरु हस्तान्तरण गरेका हुन् । 

‘नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्टिलेटरहरू सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवं भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो,’ नेपालस्थित भारतीयदूतावाले ट्वीटरमा लेखेको छ ।