३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च
अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ । 
    
यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उहाँ बताउनुहुन्छ । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउनुहुन्छ । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उहाँले सुनाउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउनुहुन्छ । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उहाँले सुनाउनुभयो । 

सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात÷आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे ।

यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालकसँग बाझ्नु परेको सुनाउनुहुन्छ । यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे । उहाँले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाउनुभयो । 

महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउनुहुन्छ । शनिबारसमेत नियम विपरीत चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताउनुभयो । “सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहोरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग  ऐनअनुसार हदैसम्मको कानूनी कारवाही गर्छौं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउनेलगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानूनी कारवाही गर्छ,” उहाँले भन्नुभयो । 

ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी गर्नुहुन्छ । यसरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उहाँको भनाइ छ । राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मुकदर्शक बनेको महासङ्घले जनाएको छ । दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमास्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताउनुभयो ।