
काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।