१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.37

Wind: 1.54

Humidity: 58

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात



अ+ अ-

झापा।  चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपि ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो । रासस