८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन

सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन
अ+ अ-

एजेन्सी । सन् २०३० सम्म कोका–कोलाका उत्पादनहरूले प्रत्येक वर्ष विश्वको महासागर र जल क्षेत्रमा अनुमानित १.३३ अर्ब पाउन्ड (छ लाख दु्ई हजार मेट्रिक टन) प्लास्टिकजन्य फोहर प्रवेश गर्ने देखिएको एक गैरनाफामूलक संस्था ओसियानाद्वारा बुधबार सार्वजनिक एक एक विश्लेषणात्मक अध्ययनले देखाएको छ ।

यो एक करोड ८० लाख ह्वेलको पेट भर्न प्रयाप्त हुने प्लास्टिक हो ।

वैज्ञानिकहरूले क्यान्सर, बाँझोपन, मुटुरोग र अन्य रोगसँग जोडेका माइक्रोप्लास्टिक्स (प्लास्टिकका साना कण)को फैलावटले निम्त्याएको मानव स्वास्थ्य जोखिमबारे बढ्दो चिन्ताका बीच यो रिपोर्ट आएको हो।

“कोका–कोला विश्वमा पेय पदार्थको सबैभन्दा ठूलो उत्पादक र बिक्रेता हो यसकारण समुद्रको प्रदूषणको चर्चा गर्दा यसको प्रभावबारे छलफल गरिनु वास्तवमा महत्त्वपूर्ण बिषय हुनेछ,” “कर्पोरेट प्रदूषकहरूलाई लक्षित गरी ओसियानाको अभियानको नेतृत्व गर्नुभएका म्याट लिटलजोनले भन्नुभयो ।

सन् २०२४ मा साइन्स एड्भान्समा प्रकाशित एक अध्ययनअनुसार विश्वको शीर्ष ब्रान्डेड प्लास्टिक प्रदूषकको रूपमा कोका–कोला रहेको छ भने त्यसपछि पेप्सीकोला, नेस्ले, डानोन र अल्ट्रिया छन्।

ओसियानाको अनुमान सन् २०१८ देखि २०२३ सम्मको कोका–कोलाको सार्वजनिक रूपमा रिपोर्ट गरिएको प्याकेजिङ डाटामा आधारित छ र योे बिक्री वृद्धिको पूर्वानुमानसँग मिलेर ‘व्यवसाय–जस्तै–सामान्य’ परिदृश्य सिर्जना गर्दछ ।

परिणामः कम्पनीको प्लास्टिक प्रयोग २०३० सम्ममा वार्षिक ४.१३ मिलियन मेट्रिक टन (९.१२ बिलियन पाउन्ड) भन्दा बढी हुने अनुमान गरिएको छ ।

उक्त प्लास्टिकको कति भाग जलीय पारिस्थितिक प्रणालीमा पुग्नेछ भन्ने अनुमान गर्न अनुसन्धानकर्ताहरूले वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले विकास गरेको र सहकर्मी–समीक्षा विधि प्रयोग गरी सन् २०२० मा एकेडेमिक जर्नल साइन्समा प्रकाशित १।३३ अर्ब पाउन्डको अनुमान गरेका थिए । यो लगभग २२० अर्ब आधा लिटर बोतल बराबर हो ।

ओसियानाले यो आश्चर्यजनक आकृतिलाई कम गर्नको लागि स्पष्ट समाधानका रूपमा पुनः प्रयोज्य प्याकेजिङ सामान फिर्ता ल्याउनु नै रहेको ठहर गर्छ । ती चाहे पुनः पूयोग गर्न सकिने ग्लास बोतल होस् या प्लाष्टिक बोतल । सामान्यतया ग्लास बोतललाई ५० पटक पुनः प्रयोग गर्न सकिन्छ भने मोटा पेट प्लास्टिक कन्टेनर (बोतल)लाई पुनः २५ पटक प्रयोग गर्नसकिने गरी बनाइएको हुन्छ ।

पुनः उपयोग प्रतिज्ञाबाट टाढा हुँदै

कोका–कोलास्वयंले सन् २०२२ मा पुनः प्रयोज्य प्याकेजिङ ‘फोहर कम गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये एक’ भएको स्वीकार गरेको थियो र सन् २०३० सम्ममा २५ प्रतिशत पुनः प्रयोग योग्य प्याकेजिङ पुर्याउने लक्ष्यमा प्रतिबद्ध थियो ।

डिसेम्बर २०२४ मा जारी गरिएको यसको नवीनतम स्थिरतासम्बन्धी मार्गदर्शनमा त्यो प्रतिज्ञालाई सुटुक्क हटाइएको छ ।

कम्पनीको अद्यावधिक लक्ष्यहरूमा पुनः प्रयोज्य प्याकेजिङको सट्टा पुनःनवीनीकरण सामग्रीको प्रयोग र सङ्कलन दरहरू बढाउनमा ध्यान केन्द्रित गरेको छ । यसले सोडा बोतलहरूको पुनः प्रयोग वा प्रशोधन र उपभोक्ताको बानी परिवर्तन महत्त्वपूर्ण चुनौती भएकोतर्फ जोड दिएको छ ।

पर्यावरणीय पक्षधरहरूले यसले प्रायः संकटको जडलाई सम्बोधन गर्नुको सट्टा उपभोक्ताहरूलाई दोष दिने काम गरेको भन्दै लामो समयदेखि पुनः प्रयोग वा प्रशोधनमा अति निर्भरताविरुद्ध चेतावनी दिँदै आएका छन् ।

“पुन प्रयोग गर्ने तरिका राम्रो हो, मलाई गलत नठान्नुहोस्”, लिटलजोनले भन्नुभयो, “तर यदि तपाईं अधिक एकल–प्रयोग प्लास्टिक उत्पादन गर्ने र पुनः नवीनीकरणमा प्लास्टिक प्रयोग गर्न जाँदै हुनुहुन्छ भने यो एक समस्या हो ।”

प्लास्टिक उत्पादन तेलमा निर्भर गर्दछ र यसले कर्पोरेट प्लास्टिक प्रयोगलाई जलवायु परिवर्तनको प्रत्यक्ष चालक बनाउँदछ । तैपनि, आशा गर्न लायक कारण के छ भने कोका–कोलाले ब्राजिल, जर्मनी, नाइजेरिया र दक्षिणी टेक्सासजस्ता संयुक्त राज्य अमेरिकाका केही भागहरूमा समेत ठूलो मात्रामा रिफिलेबल प्रणालीहरू सञ्चालन गरिसकेको छ ।

“तिनीहरूसँग कुनै पनि पेय कम्पनीको सबैभन्दा ठूलो पुनः प्रयोज्य पूर्वाधार छ, र उनीहरूसँग यसलाई बढाउन र बाँकी उद्योगको लागि बाटो देखाउने क्षमता छ,” लिटलजोनले भन्नुभयो ।

कोका–कोलाका प्रवक्ताले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “कम्पनीको प्रयास हाल अधिक रिसाइकल गरिएका सामग्रीहरू प्रयोग गर्न र सङ्कलन प्रणालीमा सुधार गर्नमा केन्द्रित छ । हामी लगानी गरिरहेका छाँैं र हाम्रो पुनः भर्ने प्याकेजिङ विकल्पहरू विस्तार गर्न प्रतिबद्ध छौँ र यो काम हाम्रो उपभोक्ता केन्द्रित रणनीतिको भागको रूपमा जारी रहनेछ ।