२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षयरोगका ४० प्रतिशत बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान, क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै



अ+ अ-

काठमाडौँ । क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा। श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिनुभयो । उहाँले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजि गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताउनु भयो । तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संत्रलमण बढ्दै गएको छ । क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८।६ प्रतिशत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरु पत्ता लगाएर औषधि उपचारमा लगाएका छौं । अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरु प्रतिवर्ष छन् भन्ने देखाएको छ । अझैपनि ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ । त्यस्ता बिरामीहरु पत्ता लगाउनको लागि हामीले विभिन्न क्रियाकलपाहरु गरिरहेका छौं । त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ ।’

क्षयरोग भए÷नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्नेक्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गर्नुभयो ।