५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहको उमेर घटाउने कि ‘रोमियो जुलियट ल’ इन्ट्रड्युक्स गराउने भन्ने छलफलमा छौँः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताउनु भएको छ । आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो बताएका हुन् ।

उहाँले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इण्ट्रड्युक्स गर्नेबारे छलफल भइरहेको बताउनु भयो । ‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नेभयो, ‘मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर हामी छलफल गरी रहेका छौँ । हजुरहरुको पनि धारणा त्यसअनुरुप आएको हुनाले अब यसमा दुई वटा उपाय छन् । दुई वटा उपाय के छ भने एउटा विवाहको उमेर घटाउने कुरा छ, यस्लाई १८ मा लैजाऔँ भन्नेकुरा छ र अर्को चाहिँ इन्टरनेश्नल प्राक्टिस चाहिँ रोमियो जुलियट ल इन्ट्रड्युक्स गर्ने हो कि भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानूनलाई एप्लाइ गरेको छ । रोमियो जुलियट लले के भन्छ भने जस्तो १८ वर्षको विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरुको शारीरिक सम्बन्ध भयो भने त्यसलाई पनि रेप आदि इत्यादि मान्नु मिल्दैन है यो त एक्स्क्युजएबल हो, एउटा प्रेमवत सम्बन्धले त्यो ठाउँमा पु¥यायो भन्ने खालको कन्सेप्ट रोमियो जुलियट लमा छ र केही देशले यो एप्लाइ गरेका छन् ।’

गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।