१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँः कानूनमन्त्री चौरसिया

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँः कानूनमन्त्री चौरसिया
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायँबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताउनुभएको छ ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताउनु भयो । उहाँले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताउनु भयो । नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजायँ घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उहाँको भनाइ छ । उहाँले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफलमा भए कुनै निर्णयमा नपुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१८ र २० वर्ष केटाकेटीको विवाह चाहे परिवारको सहमतिमा होस् वा आफैले गरेको अवस्थामा सजाय घटाइ दिने । जरिबाना दुई चार पाँच हजारमात्रै राख्ने र विवाहको उमेर नपुगेसम्म आफ्नो आफ्नो आमा बाबुसँग बस्ने । छुट्टाछुट्टै बस्ने र विवाहको उमेर २० वर्ष पुगेपछि विवाह गर्ने कि नगर्ने भनेर त्यतिबेला निर्णय गर्ने । ३५ दिनभित्र गर्नुपर्ने निर्णय गर्नुपर्ने बालिग हुनासाथ भन्ने अप्सनमा छलफल गर्दै छौँ । माननीय गृहमन्त्रीले भन्नुभयो रोमियो जुलियटको कुरा । नाबालिग केटाकेटीको उमेर ३ वर्षभन्दा कम छ र उनीहरुबीचमा आपसी सम्बन्ध भयो भने कानुनले पनि रेप केस लाग्ने गरेको छ, त्यस्तोमा सजायँ घटाएर ३ वर्षसम्म गर्ने सर्वोच्चले निर्णय पनि गरेको छ । यस्तै अन्य लिभिङ रिलेसनका सम्बन्धमा पनि कुरा उठेको छ सहमतिमा जाने र रेप मुद्दा लाग्ने विषयमा अहिले खासै कुरा अगाडि बढेको छैन । तर विवाहको उमेर र सजायको बारेमा यही पार्लियामेन्टमा विधेयक जाँदै छ ।’

मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताउनु भयो । कैदीबन्दीलाई खुला हिरासतमा राख्ने विषयमा पनि विधेयकमा व्यवस्था गरिएको उहाँको भनाइ छ ।