१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

23.32°C

काठमाडौं

23.32°C

Kathmandu

Feels-like: 22.31

Wind: 6.69

Humidity: 23

Latest
समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक… चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष प्रधानमन्त्रीबाट सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताउनुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।