१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक… चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज डबल हेडरको दोस्रो खेल चेन्नई सुपर किंग्स (सिएसके) र मुम्बई इन्डियन्स (एमआई) बीच हुनेछ। एमए चिदम्बरम, चेपौक स्टेडियम, चेन्नईमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ । यो खेललाई सिजनको ‘एल क्लासिको’ पनि भनिन्छ।

डबल हेडरको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दैछन् ।

मुम्बई र चेन्नई बीचको खेल ‘एल क्लासिको’

मुम्बई र चेन्नईबीचको खेललाई ‘एल क्लासिको’ मानिन्छ ।यो शब्द केवल दुई बीचको ऐतिहासिक प्रतिद्वन्द्वी देखाउन प्रयोग गरिन्छ। मुम्बई र चेन्नई आईपीएलमा दुई ठूला फ्रेन्चाइजी टोलीहरू हुन् । आईपीएलमा मुम्बई र चेन्नई आमने सामने हुँदा निकै कडा प्रतिस्पर्धा हुने गरेको छ । दुवै टोली ५–५ उपाधि जितेर लिगको सर्वाधिक सफल टोली हुन् । मुम्बईले फाइनलमा चेन्नईलाई ३ पटक हराएको थियो भने चेन्नईले मुम्बईलाई हराएर २०१० मा पहिलो उपाधि जितेको थियो ।

हेड-टु-हेड

चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आइपिएलमा हालसम्म कुल ३७ खेल खेलिएका छन् । जसमा मुम्बईले २० र चेन्नईले १७ खेल जितेका छन् । चेन्नईको घरेलु मैदानमा मुम्बईको दबदबा छ । यहाँ दुवै टोलीले ९ पटक आमनेसामने गरेका छन्, जसमा मुम्बई ६ पटक र चेन्नई ३ पटक जितेको छ ।

सूर्यकुमारले एमआईको कप्तानी गर्नेछन्

यस खेलमा हार्दिक पाण्डेको स्थानमा मुम्बईको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् । हार्दिकलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । एमआईको गत सिजनको अन्तिम खेलमा स्लो ओभर रेटका कारण कप्तान हार्दिकलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर, अर्को खेलबाट पाण्ड्याले फेरि टिमको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, फास्ट बलर जसप्रीत बुमराह चोटका कारण लिगका प्रारम्भिक खेल खेल्ने छैनन् ।

पिच रिपोर्ट

चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ। यहाँ ब्याटिङ गर्न अलि गाह्रो छ। अहिलेसम्म यहाँ ८५ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३६ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६/८हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

वर्षाले बाधा उत्पन्न गर्न सक्छ

आज वर्षाले चेन्नई र मुम्बईको खेल अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ । चेन्नईमा आज पानी पर्ने सम्भावना ८०५ छ। यहाँको तापमान२७ देखि३३डिग्री रहने अनुमान गरिएको छ।

दुबै टोलीको सम्भावित प्लेईङ–११ः

चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), डेभोन कोनवेररचिन रविन्द्र, दीपक हुडा, राहुल त्रिपाठी, शिवम दुबे, साम कुरान, एमएस धोनी (विकेटकीपर), रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, खलील अहमद, नूर अहमद र मथिश पाथिराना।

मुम्बई इन्डियन्सः सूर्यकुमार यादव (कप्तान), रोहित शर्मा, विल ज्याक, तिलक वर्मा, नमन धीर, रोबिन मिन्ज (विकेटकिपर), मिचेल सान्टनर, दीपक चाहर, मुजीब उर रहमान, ट्रेन्ट बोल्ट र कर्ण शर्मा।