३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल

सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल
अ+ अ-

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरुले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२/०६३ को क्रान्ति भएको बताउनु भयो । उहाँले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरुले वास्ता नगरेको आरोप लगाउनुभयो । नेताहरु दलाल पूँजीपतिहरुको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टीसमेत राखिएका छन् तर कम्युनिष्ट पार्टीको नाम राखेपनि तिनीहरु वास्तवमा दलला पुँजीपति वर्गको दलाली गर्ने बाहेकका अरु कोही पनि छैनन् । त्यो किसिमको दलाली गर्ने कारणले गर्दा कमिसनको एउटा भोटले गर्दा हाम्रो देशका नेताहरु पनि एकपछि अर्को बिक्रीपट्टामा भइरहेका छन । कमिशनखोरहरुले किनिदिन्छ उनीहरुलाई रातारात । जस्ले गर्दा देशमा विकृति र विसंगतिका डङ्गुर लागेको छ ।  यो डङ्गुर लाग्ने कुराले आज गणतन्त्रसमेत बदनाम हुँदै गइरहेको छ । लोकतन्त्रसमेत बदानाम हुँदै गएको छ । हामीले गणतन्त्र ल्याएको नितान्त दलाल पुँजीपति वर्गको सेवाको निम्ति होइन । दलाल पुँजीपति वर्गले जे जे भन्छ त्यसको निर्देशनमा काम गर्नका लागि होइन । हाम्रो देशका आमश्रमिक वर्गको हित हुनेछ, देशका आमकिसानका हित हुने छ, यो देशको कृषिले आधुनिकीकरणको रुप लिने छ, आधुकि प्रविधिद्वारा भूमिसुधार गरिने छ, देशकै कच्चापदार्थमा आधारित व्यापक उद्योगधन्दा स्थापना गरिने छ र हाम्रो देशको राष्ट्रियतामाथि खडा भइरहेका अनेक वितण्डाका विरुद्ध पनि दृढतापूर्वक राज्यलाई एकताबद्ध गरेर अगाडि बढाउन सक्ने छौ कि भनेर पो २०६२÷०६३ को क्रान्ति भएको हो त । र त्यो क्रान्तिमार्फत नेपाली जनताले जुन सपना देखेका थिए, त्यो सपनालाई वास्तवमा भन्ने हो भने संविधान निर्माण भएपछि सत्तामा पुगेका सत्ताधारीहरुले कहिल्यै पनि वास्ता गरेनन्, त्यो वास्ता नगर्नुको परिणाम हामीले अहिले भोगिरहेका छौँ ।’ 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राज्यसत्तामा हुनेहरुको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरु सल्बलाउने मौका पाएको बताउनुभयो । उहाँले सबै किसिमका प्रतिगमनकारीहरुलाई परास्त गरी देशलाई आमुल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल