१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले देशमा शान्ति चाहिएको छ: पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताउनु भएको छ ।

गोरखा दरबारस्थित गोरखकाली र गोरखनाथको दर्शन तथा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले यस्तो बताउनु भएको हो । पूर्वराजा शाह आज बिहान गोरखा पुग्नु भएको थियो ।

उहाँले भन्नुभयो “गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ। अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ।”

गोरखकाली मन्दिर शाहवंशीय राजाहरुले कुलदेवताका रुपमा पुज्दै आएको छ । गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गर्नुभएको छ ।

गोरखा दरबारमा पूर्वराजालाई  स्थानीयले भब्य स्वागत गरेका थिए । उहाँका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।