१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday

29.13°C

काठमाडौं

29.13°C

Kathmandu

Feels-like: 27.46

Wind: 4.63

Humidity: 14

Latest
दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै आईपीएल आजः हैदराबादलाई लखनउको चुनौति नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ: प्रधानमन्त्री प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः मन्त्री खड्का प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित राष्ट्रिय सभामा विपक्षीको अवरोधपछि एक घण्टाका लागि बैठक स्थगित उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छः प्रधानमन्त्री ओली बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री



अ+ अ-

नेपालगञ्ज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भन्नुभयो । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने बताउनुभयो

उहाँले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिनुभयो ।  “मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयो । उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताउनुभयो ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताउनुभयो । रासस