१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

केकेआरबाट शाहरुख खानले वार्षिक कति करोड कमाउँछन्?

केकेआरबाट शाहरुख खानले वार्षिक कति करोड कमाउँछन्?
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२५ आजबाट सुरु हुँदैछ । आईपीएलको नयाँ सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) भिड्दैछन् । यो खेल इडन गार्डेनमा हुन लागेको छ र शाहरुख पक्कै पनि आफ्नो टिमलाई चियर गर्न जानेछन् । शाहरुख खान केकेआरका सह-मालिक हुन् ।

आईपीएल २०२४ को ट्रफी शाहरुख खानको टोली कोलकाता नाइट राइडर्सले हात पारेको थियो । शाहरुखले यो वर्ष पनि आफ्नो टिमबाट ट्रफिको आशा राखेका छन् । शाहरुखले हरेक वर्ष आईपीएलमा आफ्नो टिमबाट करोडौं रुपैयाँ कमाउँछन् ।

भारतीय सञ्चारमाध्यमको रिपोर्टका अनुसार प्रत्येक आईपीएल टोलीले टिभी प्रसारण र बीसीसीआईबाट प्रायोजनबाट हुने आम्दानीको केही हिस्सा पाउँछन् । यस बाहेक, आफ्नो टोली मार्फत, ब्रान्ड एन्डोर्समेन्ट, म्याच शुल्क, फ्रेन्चाइजी शुल्क, बीसीसीआई घटना राजस्व र पुरस्कार रकमको रूपमा धेरै कमाउँछन् । यसबाट करोडौं रुपैयाँ आम्दानी हुन्छ । शाहरुखले आईपीएलमा आफ्नो टिमबाट हरेक वर्ष २५० देखि २७० करोड रुपैयाँ कमाउँने बताईएको छ ।

यसमध्ये शाहरुख खानले पनि आफ्नो टिममा करिब १०० करोड खर्च गर्छन् । यी खर्च खेलाडी खरिददेखि लिएर टोली व्यवस्थापनसम्म हुन्छन् । जस अनुसार केकेआरले करिब १५० करोड रुपैयाँ कमाउँछ। टिममा शाहरुख खानको ५५ प्रतिशत हिस्सेदारी छ, त्यसैले उनले हरेक वर्ष ७०–८० करोड कमाउँछन् ।

केकेआरमा शाहरुख खानबाहेक जुही चावला र उनका पति जय मेहताको पनि शेयर रहेको छ । तीनैजना प्रायः म्याचको समयमा सँगै देखिने गरेक छन् ।