१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

23.03°C

काठमाडौं

23.03°C

Kathmandu

Feels-like: 22.02

Wind: 4.63

Humidity: 24

Latest
सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञका लागि दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौं। सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने क्रममा दलित समुदायका दीपक मरिक डोमको घर बलपूर्वक भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार दुई घण्टा पहिले पक्राउ परेका यादवद्वयलाई हाल जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ। पीडित पक्षबाट औपचारिक जाहेरी परेपछि उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

डीआइजी आचार्यका अनुसार, “सोधपुछका लागि दुवैजनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो। अहिले उनीहरू प्रहरी नियन्त्रणमा छन्।”

आगामी चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको तयारीस्वरूप फागुन १० गते दीपक मरिकको घर भत्काइएको थियो। घटनाले स्थानीय स्तरमा व्यापक विरोध चुलिएको छ। मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।