१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

18.14°C

काठमाडौं

18.14°C

Kathmandu

Feels-like: 16.85

Wind: 4.12

Humidity: 32

Latest
अबको युुगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक विकासको मार्गमा अघि बढिरहेको छ-गगन थापा



अ+ अ-

नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।” नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस