२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका मोबाइल तथा ल्यापटप सहित ७ जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं। काठमाडौं प्रहरीले ठूलो मात्रामा चोरी भएका मोबाइल, ल्यापटप र ट्याब्लेट बरामद गर्दै सात जनालाई पक्राउ गरेको छ।

शुक्रबार फेसबुक लाइभ गर्दै जिल्ला प्रहरी परिसरले यसबारे जानकारी दिएको हो। पक्राउ पर्नेहरूमा काभ्रेका प्रमोद परियार, गुनराज न्यौपाने, रौतहटका हेमन्त राना मगर, दोलखाका शम्भु विश्वकर्मा र सबिन पाण्डे, सिन्धुपाल्चोकका राजेश चालिसे, र काठमाडौंका प्रकाश कटवाल रहेका छन्।

उपत्यकामा पछिल्लो समय मोबाइल चोरीका घटना बढ्दै गएको गुनासोपछि विशेष अपरेसन सञ्चालन गर्दा एउटै रिपेयरिङ सेन्टरबाट ३०० बढी चोरीका डिभाइस फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा छापा मारेर २७१ थान मोबाइल, ९ थान ट्याब्लेट, र १५ थान ल्यापटप बरामद गरेको हो।

कोटेश्वरबाट ठिमी जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका व्यक्तिको मोबाइल चोरी भएको सूचना प्राप्त भएपछि अपरेसन सुरु गरिएको उनले बताए। तत्काल प्रहरी परिचालन गरी अनुसन्धान थाल्दा सात जना संलग्न व्यक्तिहरूलाई पहिचान गरिएको उनले उल्लेख गरे।

पक्राउ परेकाहरूले चोरी भएका मोबाइलहरू सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बिक्री गर्ने गरेको खुलासा गरेपछि प्रहरीले उक्त पसलमा छापा मारेको थियो।

बरामद भएका मोबाइलहरूमध्ये सामसङ ८३ थान, आइफोन १८ थान, साओमी १९ थान, एमआई १५ थान, वनप्लस ४ थान, ओप्पो १८ थान, भिभो १४ थान, आइटेल ६ थान, रियलमी ८ थान, इन्फिनिक्स ३ थान, माइक्रोम्याक्स २ थान, लाभा १० थान, नोकिया ५ थान, पोको २ थान, अनर ३ थान, जियोनी ७ थान, कलर्स ४ थान, मोटोरोला ५ थान, टेक्नो २ थान, भिटु १ थान, कुलप्याड १ थान, ए प्लस १ थान, टिसिएल १ थान, र ४ थान नाम नखुलेका ब्रान्डका रहेका छन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।