१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

22.21°C

काठमाडौं

22.21°C

Kathmandu

Feels-like: 21.19

Wind: 4.12

Humidity: 27

Latest
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता… दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न करेन्ट लागेर एकजनाको मृत्यु सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित



अ+ अ-

काठमाडौँ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो । उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतबाट पारित भएको घोषणा गर्नुभएको थियो ।

यसअघि विधेयकमाथिका संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएकामा सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट पारित सो विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।

 यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानको मर्म र सङ्घीयताको मर्मअनुरुप नै बजेट निर्माण गरिनुपर्ने उल्लेख गर्दै प्रदेश र स्थानीय तहको अधिकारमा सङ्घले प्रवेश गर्नुनहुनेमा आफूहरु सचेत रहेको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरेर लगानी स्रोतको सुनिश्चित गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस