१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपाको निष्कर्ष : सरकार र संविधान असफल, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनका लागि तोकियो कमाण्डर



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको टिप्पणी गर्दै उनले कार्यक्रम बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिए ।

आजपा अध्यक्ष तथा सांसद समेत रहेका साहले यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीबाट नआएको भन्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्ने क्रममा साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
गत महिना (४ फागुन)को प्रश्नोत्तर कार्यक्रममा साहले गरेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् । सोही बिषयमा केन्द्रीत भई साहले प्रश्नकै जवाफ नदिएछि संसद, नियमावलीको अपमान भएको टिप्पणी गर्दै कार्यसूचीबाट हटाउन सुझाव दिए ।

बिहिबार पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो ।

‘आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहिन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न ध्यानाकर्षण गर्न चाहन्छु’, सांसद सांसद साहले भने । नियमावली र प्रावधानप्रति प्रधानमन्त्री ओली उत्तरदायी नभएको जिकिर गर्दै उनले संसद्को कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

‘मैले अस्ति सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन । यसरी सवाल प्रभु साहको होइन, प्रश्नोत्तर कार्यक्रमको हो । सम्माननीय सभामुखको गरिमाको हो । नियमावली र प्रावधानको हो’, साहले भने, ‘त्यसप्रति उत्तरदायी सक्नुपथ्र्यो । त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन आग्रह गर्छु । यदी हटाइएन भने म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’