९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

20.34°C

काठमाडौं

20.34°C

Kathmandu

Feels-like: 19.32

Wind: 1.03

Humidity: 34

Latest
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात एसइई परीक्षा : अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य छ : पूर्वप्रधानमन्त्री खनाल पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’ प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ



अ+ अ-

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुवाआमा बनेका थिए ।

नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो ।

यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाउनुभएको थियो । रासस