७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.12

Wind: 5.14

Humidity: 14

Latest
लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गर्छौंः प्रधानमन्त्री नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन्ः प्रधानमन्त्री सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँः स्वास्थ्यमन्त्री आईपीएलको उद्घाटन समारोहमा क–कसले प्रस्तुती दिनेछन् ? जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम वैशाख २४ भित्रै सकिन्छः उपप्रधानमन्त्री सिंह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चाल गर्छौंः प्रधानमन्त्री ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको बैठक सम्पन्न, थप आन्दोलन घोषणा



अ+ अ-

काठमाडौँ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पूरा गर्न दबाब दिनका लागि भन्दै उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ। चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ।

देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशालाई चिर्न संसदका पहिलो र दोश्रो दल सम्मिलित कांग्रेस-एमालेको सरकार पूर्णत: असफल रहेको राप्रपाको निश्कर्ष रहेको छ। केवल सरकारहरु परिवर्तन हॅुदैमा देशको विद्यमान समस्याहरुको समाधान हुन सक्दैन, प्रणालीगत कमजोरीमा आमूल सुधार अहिलेको आवश्यकता हो ।

यसका लागि राप्रपाले निरन्तर उठाउॅदै आएको र सबैलाई स्विकार्य हुने ‘नवीन समझदारी’ उपयुक्त विकल्प हो । कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछ ।

आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी गर्नेछ। यसका लागि सम्बद्ध पक्षलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।