२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमामा साइबर अपराधमा वृद्धि



अ+ अ-

एजेन्सी। इन्डोनेसियाली विदेश मन्त्रालयले अनलाइन ठगीको शिकार भएका ४०० इन्डोनेसियाली नागरिक म्यानमाबाट घर फर्किएका एक विज्ञप्तिमार्फत जनाएको छ ।

मङ्गलबार थाइल्याण्डको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा छुट्टाछुट्टै उडानमा बान्टेन प्रान्तको टाङ्गेराङस्थित सोएकर्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका ३१३ पुरुष र ८७ महिला अनलाइन ठगी शिकारका पीडित भएका छन् ।

म्यानमाबाट निकालिएका ४०० इन्डोनेसियाली २१ प्रान्तबाट आएका थिए, जसमध्ये धेरैजसो उत्तरी सुमात्रा, बाङ्का बेलिटुङ, पश्चिम जाभा, जकार्ता र उत्तरी सुलावेसीका थिए ।

इन्डोनेसियाली अधिकारीहरूले थाइल्याण्ड र म्यानमाका आफ्ना समकक्षीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न सहयोग गरे ।मन्त्रालयले म्यानमामा रहेका बाँकी १५४ अनलाइन ठगी शिकारका पीडितहरूलाई स्वदेश फिर्ता ल्याउन प्रयास भइरहेको बताएको छ ।रासस/सिन्ह्वा