८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेताहरुसँग गालीगलौज र घृणास्पद अभिव्यक्तिको विकल्प छैन ?

नेताहरुसँग गालीगलौज र घृणास्पद अभिव्यक्तिको विकल्प छैन ?
अ अ+ अ-

काठमाडौं । गत फागुन २५ गने राजतन्त्रका समर्थकहरुले काठमाडौंमा गरेको प्रदर्शनपछि अहिले राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिबीच गालीगलौज बढेको छ । कतिसम्म भने गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीच आरोप प्रत्यारोप गर्ने क्रममा घृणास्पद अभिव्यक्ति दिन थालेका छन् । यसले नेपाली समाजलाई गलत बाटोमा डोर्‍याउने खतरा बढेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाए । वंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरे । त्यति मात्र होइन, दाहालले ज्ञानेन्द्र शाहको नाम उच्चारण नगरी मूर्ति चोर र सुन तस्करको समेत आरोप लगाए । उनले १० हजार व्यक्ति सडकमा उफ्रिँदैमा देशमा गणतन्त्र खतरामा नपर्ने र त्यसको लागि जवाफ दिन माओवादी तयार रहेको बताए ।

‘गम्भीर खतरनाक भइसक्यो भन्ने त होइन, हजारौंको बलिदानीबाट प्राप्त भएको संघीय गणतन्त्र १०/१५ हजार मान्छे उफार्दैमा उल्ट्याउन सम्भव छैन । तर, दुस्साहस चाहिँ भएकै छ’, दाहालले भनेका थिए, ‘त्यो दुस्साहसलाई हामीले भनेका छौं इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । समाजवादी र गणतन्त्रवादी तयार छन् ।’

गणतन्त्रको रक्षाका लागि चैत १५ गते काठमाडौंमा सभा गर्न लागेको दाहालले बताएका थिए । ‘यो जुन नौटंकी देखाइँदैछ । नेपाली जनताले बिर्सेको छ, मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले फेरि अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिस्र्यो भन्ठानेको ?’ उनले भनेका थिए ।

माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिलाई लिएर राजतन्त्र पक्षधरहरुले आपत्ति जनाएका छन् । सडकदेखि संसद्सम्मै यो विषयमा कुरा उठेको छ । राजतन्त्र पक्षधरहरुले पनि माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सामाजिक सञ्जालमार्फत् गालीगलौज मात्र गरेका छैनन अपशब्द नै प्रयोग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा पनि केही दिनयता राजावादी र गणतन्त्रवादी दलहरू आरोप प्रत्यारोपमा छन् । एकले अर्कालाई चेतावनी दिने काम गरिरहेका छन् । कतिसम्म भने राजावादी सांसदले गणतन्त्रवादीलाई लुक्ने ठाउँ खोज्न चेतावनी दिँदा गणतन्त्रवादीहरूले भने लोकतन्त्रभित्र ठाउँ खोज्न र अन्यथा क्रान्ति हुने चेतावनी दिए ।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रमुख प्रतिपक्ष दलका नेता दाहालको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै अपरिपक्व भएको समेत बताए । ‘विद्धान् मित्रहरू भनिरहेका छन्, अब यो व्यवस्थाले धान्न सक्दैन, राजसंस्थाको अपरिहार्यताको कुरा गरिरहेका छन्,’ प्रधानले भने, ‘संघीयता खारेजीका कुरा गरिरहेका छन् ।’ पश्चगामी र पुनरुत्थानवादी कुरा नगरेको भन्दै अभिभावकको भूमिका निर्वाह गर्ने राजसंस्था संसदबाटै व्यवस्था गर्न सकिने प्रधानको भनाइ थियो ।

राप्रपाकी सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ट्रायल मात्र भएको बताइन् । ‘मित्र, यो त ट्रायल मात्र हो । अरु जिल्लाका मान्छेहरू थपिए भनेदेखि त्यो देखेर नआत्तिनुहोला, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला, मित्रलाई म अनुरोध गर्न चाहन्छु । सबै नागरिकको आ–आफ्नो अधिकार छ । आफ्नो कुरा राख्न पाउँछन् । २५ फागुनको भिड नालायक सरकारले जन्माएको हो । बुझिराख्नुस्, जति दिनसम्म सरकारमा बस्नुहुन्छ, त्यति नै भिड बढ्दै जान्छ,’ उनले भनिन् । सांसदमा कार्कीले दिएको यो चेतावनी निकै गम्भीर छ ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले शाहलाई फेरि राजा बनाउने चाहना मृगतृष्णा मात्रै भएको बताएका छन् । ‘पूर्वराजाले फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन् । सडकमा विभिन्न हिसाबले यस्ता गतिविधि देखा परेका छन्,’ उनले भने, ‘जुन प्रकारको हर्कत देखिएको छ, त्यो मृगतृष्णा मात्रै हो, सम्भव हुन सक्दैन ।’

सांसदहरुले आरोप प्रत्यारोपका भाषा हेर्दा घृणास्पद अभिव्यक्ति देखिन्छ । देशको भन्दा आफ्नो चिन्ता उनीहरुमा छ । एकले अर्कोलाई को–भन्दा को कमको शैलीमा उछितो काडिरहेका छन् । निकै तल्लो स्तरमै ओर्लिएर एकअर्काविरुद्ध अनर्गल गालीगलौजमा उत्रिनु उनीहरूको दिन चर्याजस्तै भैसकेको छ  ।

राजनीतिज्ञहरूले जे–जस्तो ढंगले एक–अर्काविरुद्ध गाली बर्साइरहेका छन्, त्यसले उनीहरू स्वयंकै उचाइ त औंल्याइरहेकै छ नै, दलहरूकै तल्ला निकाय तथा आम तहसम्मै पनि एक किसिमको घृणाको सञ्चार गरिरहेको छ । समग्र राजनीतिक पंक्ति नै यही हिसाबले ध्रुवीकृत र प्रशिक्षित भइरहेको देखिन्छ  ।

नेताहरूका उग्र अभिव्यक्ति सुन्दा लाग्छ— देशका राजनीतिज्ञहरू बोलिरहेका छैनन्, दुई झगडियाहरू आमुन्ने–सामुन्ने उभिएर एकअर्कालाई धारेहात लगाउँदै सरापिरहेका छन्  । उदेकलाग्दो त, यो सब कुनै बन्द कोठाभित्र सीमित व्यक्तिहरूको गोप्य बैठकमा भैरहेको छैन, आफूसित मतान्तर भएका जो–कोहीलाई उनीहरूले आमसभाहरूमा हजारौं कार्यकर्ताका माझमै गालीको गोली हानिरहेका छन् । खुल्लमखुला मानमर्दन गर्ने यो शैलीको उत्कर्ष भनेको आपसी टकराव हो । कसैलाई पनि फाइदा नहुने यो भिडन्त–उन्मुख वातावरणबाट नेताहरूले आफूलाई तल ओराल्नैपर्छ । मतभेद र मनभेदलाई मुठभेडतर्फ डोर्‍याउनु हुँदैन ।