६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्थाविरुद्धमा लागेः सांसद सुवेदी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रहरु असफलसिद्ध भइसकेको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाउनु भयो । उहाँले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दोडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाउनु भयो । उहाँले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानविन नगरि सत्ताको चरम दुरुपयोग गरिएको बताउनु भयो । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरु असफलसिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाएको छ र व्यापारिको पक्षपोषणमा उद्दत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा कुनै छानविन हुदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदैपनि अनुसन्धान गरिदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरुमा निराशा छाएको छ ।’

उहाँले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरु व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाउनु भयो ।