१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिरोमणि आचार्यको योगदान अतुलनीय



अ+ अ-

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।

शिरोमणि आचार्यको एक सय ३८औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनुभयो ।

कुलपति राईले आफू इतिहास शिरोमणि आचार्यको विद्धता र उहाँको योगदानका लागि प्रष्ठिानसँग सहकार्य गरेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रमेश ढुङ्गेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारका उहाँ जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहनुभएको विश्वास गर्न सकिन्छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गर्नुभयो । साथै उहाँले कार्यपत्र उल्लेख ‘आचार्यजीको जीवनको पूर्वाद्र्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद र मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको बताउनुभयो ।

इतिहास शिरोमणि प्रतिष्ठानका अध्यक्ष प्रा डा त्रिरत्न मानन्धरले शिरोमणि आचार्य त्यसबेलाका अन्तरराष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उहाँको योगदानको कदर गर्न प्रतिष्ठान लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिरोमणि प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले शिरोमणि आचार्यले ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति आफूले पढेको बताउँदै उहाँ सृजनशीलतामा निडर र हक्की स्वभावको भएको उहँँका कृतिले पुष्टि गर्ने उल्लेख गर्नुभयो । रासस