काठमाडौं । म्युजिक भिडियोमा नेपालको झण्डा जलाउने समूहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । म्युजिक भिडियोमा विभिन्न समुदायमाथि गालीगलौज गर्ने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका हुन्।
प्रहरीले विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउनेरगाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्नेविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।
मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।










