१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई थान पेस्तोलसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो ।
हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर तामाङलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिपक थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वरामद भएको हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र कार्की र तामाङ सँगै कारागार बस्दा चिनजान भएपछि कार्कीले तामाङलाई हतियार लैजान भनेकाले माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका हौँ ।” ।

कार्की कारागार रहेको बेला उक्त हतियार धादिङका २८ वर्षीय राजकुमार गुरुङले राख्न दिएकोमा राजकुमारले वालाजुको एक होटल साहुलाई राख्न दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।