४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

‘कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी हो’

‘कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी हो’
अ+ अ-

काभ्रेपलाञ्चोक।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रममा पार्टीले आगामी २०८४ सालमा हुने निर्वाचनभन्दा पनि मुलुक र जनताको चिन्ता गरेको उहाँले बताउनुभयो ।

“केही पुराना र नयाँ पार्टीले २०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्, राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन । देशको चिन्ता गर्नेतर्फ लागौँ”, शर्माले भन्नुभयो । उहाँले निर्वाचनको मात्रै चिन्ता गर्दा देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । “कांग्रेस इतिहास बोकेको पार्टी हो, लाखौँ कार्यकर्ताको विश्वास जितेको छ । यो पार्टीले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन”, उहाँले थप्नुभयो ।

महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिनुभयो । “बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै खालका विवाद छैन, काम गर्दा केही कमीकमजोरी भएका हुनसक्छन्”, उहाँले भन्नुभयो, “तपाईंहरू नआत्तिनुस् र निर्धक्क भएर काम गर्नुस् ।” पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले आगामी चुनावमा कांग्रेस एकढिका भएर जाने प्रस्ट पार्नुभयो ।

“कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता हो, पार्टीभित्रको केही आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन पनि जित्न सकिँदैन, त्यसो भएर कांग्रेस एकढिका भएर जानुपर्छ”, शर्माले दाबी गर्नुभयो । उहाँले आजै मण्डनदेउपुरका राजनीतिज्ञ एवं समाजसेवी स्व हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने विचार व्यक्त गर्नुभयो । कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, कांग्रेस जिल्ला सभापति तीर्थ लामा, क्षेत्रीय सभापति महेश खरेल, कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेललगायतले नेपाली कांग्रेस एक ढिका भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । रासस