२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
अ अ+ अ-

लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो ।

उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिनुभयो ।

मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूलाई राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड ९ख०, ९छ०, ९झ० बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रू ६२ लाख ७१ हजार छ सय ७६ बिगो कायम गरी सोही ऐनको दफा २३ ९१० बमोजिम मालबस्तु ९बिगो० जफत हुन तथा बिगोबमोजिमको जनही रू ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ ९१० ९क० बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिइ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूकोसमेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)  ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रू ३१ लख ३५ हजार आठ सय ३८ मागदाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो ।

विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ ।