२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता
अ अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच आज यहाँ भेटवार्ता भएको छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । “असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

भेटवार्ताका क्रममा नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराउनुभएको थियोे ।

भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्थ्यो ।

राजदूत एलेक्स नोबीकोबले पानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रोसम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिनुभयो । उहाँले रसियाको सहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुसी लागेको बताउँदै दुई सहरबीचको एकता र सहकार्यका सन्दर्भ पनि छलफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस