६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च

बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च
अ+ अ-

काठमाडौँ । विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । 

सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गर्नुभएको थियो । त्यसको आज एक महिना पूरा भएको छ ।

यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।
सन् २०१९  डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड–१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः सङ्क्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा सङ्क्रमण देखिन थालेको थियो । 
असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो ।  बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ सङ्क्रमित भेटिएका छन् ।

एक महिनाको कोभिड–१९ सङ्क्रमण विश्लेषण

शीर्षक                          साउन ६ को अवस्था      भदौ ६को अवस्था
कुल सङ्क्रमित                  १७ हजार ९९४           ३१ हजार ११७
सक्रिय सङ्क्रमित                पाँच हजार ४७७          १२ हजार ६२९
एक दिनमा नयाँ सङ्क्रमित              १५०                    ६३४
निको भएको                         १२ हजार ५१७       १८ हजार ३५०
एक दिनमा मृत्यु                     २                    ९

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड–१९ सङ्क्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए । शनिबारसम्म सङ्क्रमितमध्ये १४६ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही महिनामा सङ्क्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले सङ्क्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ सङ्क्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल सङ्क्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् ।

साउन ६  कुल १५० नयाँ सङ्क्रमित भेटिएका थिए भने  भदौ ६ गते नयाँ सङ्क्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य सङ्क्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । 

अघिल्लो महिना साउन ६ गते सक्रिय सङ्क्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय सङ्क्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ ।  
प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको सङ्क्रमणले नसोचेको गति लिँदैछ । बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड–१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापरवाही गर्दा जोखिम उच्च रुपमा वृद्धि भइरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउनुहुन्छ । उहाँले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिनुभयो । 

बन्दाबन्दी हटाइए पनि कोभिड–१९  सङ्क्रमण केही घटे पनि रोकिएको थिएन । त्यसबेला सीमित मात्रै परीक्षण गरिएको थियो । बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी सङ्क्रमण थियो । त्यहाँका मानिसहरु हरेक क्षेत्रमा खुला रुपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । यसबाट सङ्क्रमण बढ्न सहयोग गरेको देवकोटा बताउनुहुन्छ ।

स्वास्थ्य  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा सङ्क्रमणबाट जोगिन सक्ने बताउनुहुन्छ । 

मुलुकभर नै सङ्क्रमण बढ्न थालेपछि अहिले जिल्लाजिल्लामा निषेध आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ ।  सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।