२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कोरोना कहरः हालसम्म ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

कोरोना कहरः हालसम्म ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित
अ अ+ अ-

काठमाडौँ । कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ । धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराउँदैनन् । काठमाडौंको एक सरकारी अस्पतालका निर्देशकले स्वास्थ्यकर्मी संक्रमित हुँदा अरूले उल्टै नराम्रो सोच्ने गरेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्यकर्मीहरूले पहिला आफू बच्ने अनि अरूलाई बचाउने भन्ने धारणा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘ओपीडीमा बस्नेले भाइजर, वाटरप्रुफ मास्क लगाएर मात्र बिरामी जाँच्नुपर्छ । सामान छैन भने बरु मन्त्रालयले उपलब्ध गराउँछ ।’ दिनरात खटिएर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिएका खबर सुनिए संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।

सेवामा असर

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि कतिपय अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए देशभर सबै किसिमका स्वास्थ्य सेवा थप प्रभावित हुने जोखिम देखिएको छ । ईडीसीडीका अनुसार धुलिखेल अस्पतालमा शनिबार १० र आइतबार ३ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भयो । योसँगै हालसम्म उक्त अस्पतालका २७ स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको छ । एकैपटक १० चिकित्सकमा संक्रमण पाइएपछि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । काभ्रेकै स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा पनि शनिबार कर्मचारी र स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २ मा काठमाडौं उपत्यकामा २ सय ५ जना संक्रमित हुँदा ४० जना स्वास्थ्यकर्मी मात्रै थिए । यसमध्ये २० जना त्रिवि शिक्षण अस्पतालका थिए । बाँकी किस्ट, निदान र सुमेरु अस्पतालका थिए । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।रोहित पोखरेलका अनुसार गएको साता मात्रै अस्पतालका ४० जनामा संक्रमण देखिएको छ । यहाँ हालसम्म संक्रमित स्वास्थ्यकर्मीको संख्या ७० पुगेको अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा।सन्तकुमार दासले बताए । यसअघि आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा अस्पतालले उक्त विभाग सिलसमेत गरेको थियो ।

‘संक्रमितमध्ये केही अस्पताल र केही घरमै आइसोलेसनमा छन्,’ निर्देशक पोखेलले भने, ‘सेवा भने निरन्तर दिइरहेका छौं ।’ संक्रमित हुनेमा नर्स बढी छन् । ‘सानो कोठा र भेन्टिलेसन नभएको कोठामा नर्सहरू खाजा खाने गर्दा रहेछन्, त्यहाँबाट सरेको देखिन्छ,’ डा।दासले भने । धेरै संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुनेमा वीरगन्जको नारायणी अस्पताल पनि पर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नारायणीका ७० स्वास्थ्यकर्मी संक्रमित पाइएका छन् । काठमाडौंको सहिद गंगालाल हृदयरोग केन्द्रमा संक्रमित स्वास्थ्यकर्मीको संख्या १५ भन्दा बढी छ । वीर अस्पतालका पनि चिकित्सकसहित १० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

अग्रपंक्तिमा खटिने नै संक्रमित हुँदा कोरोना महामारी नियन्त्रण असहज बनेको ईडीसीडीका निर्देशक डा।वासुदेव पाण्डेले बताए । ‘सबैभन्दा जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन्,’ उनले भने, ‘अरूलाई सेवा दिनुपर्ने समूह नै संक्रमित भएपछि संक्रमण न्यूनीकरण गर्न असहज हुने देखिएको छ ।’ नेपालमा पहिलो पटक वैशाख ३० मा कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण देखिएको थियो । कान्तिपुर दैनिक