४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा



अ+ अ-

पर्सा। नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो ।

खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धेकेलिएको थियो । ट्राइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो । नेपाल पुलिस क्लब आगामी फागुन २४ गते फाइनल खेल खेल्दैछ । नेपाल पुलिस क्लब गत वर्षको वीरगञ्ज गोल्डकपको विजेता टोली पनि हो ।

यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । रासस




भर्खरै