२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई उपचारको क्रममा २०८० पुस १० गते मृत्यु भएको घटनामा वारदात पश्चात फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।